रातोखरी

रवि लामिछानेलाई चितवनबाट रुपन्देही लगिँदै

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी  बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् । उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतले बताए । लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि गएका छन् ।  उनलाई शुक्रवार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका

‘डीभी लटरी’ योजना स्थगित

चितवन । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् । ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

आर्थिक लाभ लिएपछी जिल्ला तानिए बसपार्कका सई कंडेल

नेपालगंज : बाँकेको बसपार्कस्थित अस्थाइ प्रहरी पोष्ट बसपार्कमा कार्यरत सइ सहित सबै जिल्ला प्रहरी कार्यालयमा तानिएका छन्। नेपालगंज कारकादो स्थित रात्रीकालिन व्यावसाय डान्सबारबाट लाभ लिइ राति अवेरसम्म सञ्चालन हुन दिएको खुलेपछी गएको दुइ हप्तामै सइ लक्ष्मी प्रसाद कडेल कारवाही स्वरुप जिल्ला तानिएका हुन । आफुभन्दा माथिल्लो कार्यालयले भनेको नमानेर अटेर गरेको र अबैध आर्थीक लाभ लिएको भेटिएपछी सई सहितको टोलीलाई जिल्ला तानेर असईको कमाण्डमा नयाँ टोली खटाइएको एक प्रहरी अधिकृतले

काठमाडौंमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो । उक्त सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।

रविबारे अदालतको आदेश स्वागतयोग्य छ-बाबुराम भट्टराई

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।  रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी

दरबारमार्ग प्रहरीवृत्तलाई एनआरएनएले गर्‍यो नयाँ ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् ।  गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा. केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म

‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक, संघर्षसंगै प्रेमको झलक

काठमाण्डौ । लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई देख्न सकिन्छ । दुवै खुसी मुद्रामा देखिएका छन् । वर्षा साइकल जडित रिक्सा चलाइरहेकी छन् भने घाँटीमा सिट्टी झुन्ड्याएर मरिचमान बसेका छन् । पृष्ठभूमिमा सहरका बाक्ला घरहरू छन् । निर्माण पक्षले पोस्टरमार्फत फिल्मका मुख्य पात्रको संघर्षसंगै प्रेम सम्बन्धलाई

हत्या गरेको अभियोगमा पूर्वमुख्यमन्त्रीका भाइ महावीर पक्राउ

बर्दिया । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् । उनलाई कैलालीको पैलारी गाउँपालिका- ५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर-४ स्थित

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

वुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ। न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको कुँवरले बताए । बुटवलको सुप्रिम

सालपा विकास बैंकको आईपीओ निष्कासन

काठमाडौं। सालपा विकास बैंकले आज बिहीवारदेखि आईपीओ निष्कासन गरेको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो । जसमध्ये ५ प्रतिशत