समाचार

पुस २७ र २८ गते विशेष महाधिवेशन हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन् ।  बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई यो महाधिवेशनमा सहभागी हुन औपचारिक आग्रह गरे । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने निर्णय गरे पनि थापाले यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘यो

काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड

काठमाण्डौ । विहिबार बेलुका काठमाडौंमा आइपुगेका बलिउड स्टार संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार एक क्यासिनो उद्घाटनका लागि नेपाल आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए। प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। बलिउड अभिनेता संजय दत्तले भोलि बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्। दत्त भोलि नै भारत (स्वदेश) फर्किने छन्।

‘छ माया छपक्कै २’ बनाउँदै दीपक-दीपा

काठमाण्डौ । अभिनेता दीपकराज गिरीले केही दिनअघि फेसबुकमा एक पोस्ट लेख्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने जानकारी गराएका थिए । तर, उनले फिल्मको नाम खुलाएका थिएनन् । निकट स्रोतका अनुसार उनी उम्मेदवारको भूमिकामा देखिने फिल्मको नाम ‘छ माया छपक्कै २’ हो ।  ‘छ माया छपक्कै’ २०७६ सालको सुपरहिट फिल्म हो । दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीले निर्माण गरेको यस फिल्ममा दीपकसहित केदार घिमिरे, जितु नेपाल, केकी

राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन-निकोलस मदुरो गुएरा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्।  मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’ उनले अगाडि भनेका छन्, ‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा

अमेरिकी अदालतमा मादुरोद्धारा सबै आरोप अस्वीकार

एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले आफुमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका छन् । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । उनले अदालतमा न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । मादुरोले भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र

मेरा लागि खाल्डो खन्नेहरू त्यही पुरिन्छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका छन् । पार्टीको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका हुन् ।  उनले शीर्ष नेताहरूतर्फ लक्षित गर्दै रिस र व्यङ्ग्य मिसाएर भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर भनेका थिए होला, तर अब तपाईँहरूलाई पनि यति ठूलो खाल्डो खन्नैपर्ने भयो-नखनी सुखै छैन जस्तो

सर्लाहीमा तस्करद्वारा वन संरक्षकको हत्या

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षक रामेश्वर महतोको वन तस्करहरुले हत्या गरेका छन् । शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि महतो साइकल लिएर घटनास्थलमा निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । शनिबार दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीद्वारा खोजी हुँदा गाउँबाट करिब २ सय मिटर भित्र, झाडीमा बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा

‘तिम्रो बारे’मा प्रियंका र विकासको अभिनय

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र मोडल विकास लामिछानेको अभिनय रहेको नयाँ यूगल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’को म्युजिक भिडिओ सार्वजनिक भएको हो ।  गीतलाई डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहको रहेको छ। राजेश पुमा राईले निर्देशन गरेका म्युजिक भिडिओमा उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ। रोशन बिकेको कोरियोग्राफी रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।

बुद्ध एयर जहाज दुर्घटनामा कोपाइलटसहित ७ यात्रु घाइते

झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए । उक्त जहाजमा ५१

‘गोबर गणेश’को ट्रेलरमा सपना र संघर्षको कथा

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि शहर आएर एक युवकले गरेको संघर्ष छ।  एक गाउँले युवकले गाउँबाट सहर छिर्दा देखेका सपनाहरू र जीवन बदल्न गरेको संघर्ष देखाएको ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो सहर नरहेको यथार्थता बोल्ने प्रयास गरेको छ।  चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्र्वे)ले निर्देशन गरेका छन्। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण