सर्लाहीमा तस्करद्वारा वन संरक्षकको हत्या


  • सर्लाहीमा तस्करद्वारा वन संरक्षकको हत्या
  • सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षक रामेश्वर महतोको वन तस्करहरुले हत्या गरेका छन् ।

    शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि महतो साइकल लिएर घटनास्थलमा निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।



  • शनिबार दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीद्वारा खोजी हुँदा गाउँबाट करिब २ सय मिटर भित्र, झाडीमा बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा महतोको शव भेटिएको हो ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । वन कर्मचारीहरुले भने साहसिक काम गर्दा वीरगति प्राप्त गरेको भन्दै महतोलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *