विशेष समाचार

कुपण्डोलमा रवि–बालेनसहित सुनिल शर्मा र सागर ढकाल छलफलमा

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे छलफल गर्न विभिन्न दल तथा अभियानका नेताहरू भेला हुन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाली कांग्रेसका नेता सुनील शर्मा र वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल सहभागी छलफल कुपण्डोलस्थित व्यवसायी कुमार बनेको निवासमा हुँदैछ। जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ (शाह) यसअघि नै छलफलस्थलमा पुगिसकेका छन् भने सागर ढकाल केहीबेरअघि पुगेका हुन्। रवि लामिछानेसँगै असिम शाह र

लौरो चुनाव चिन्ह बोकेर चुनावमा जाने बालेनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा वार्ता गर्दापनी ठोस सहमति नभएपछि उनले आफ्नै नेतृत्वका राजनीतिक दल बनाएर चुनावमा जाने तयारी थालेका हुन् ।  सभापति लामिछानेले बालेनलाई रास्वपामा समाहित गरेर लैजानेमात्र उद्देश्य राखेको बुझेपछि बालेनले कांग्रेस एमालेलगायतका दलमा रहेका लोकप्रिय फेससहित सामाजिक सञ्जाल र जनताबीच परिचित अनुहारहरू समेटेर अघि बढ्न खोजेका छन् । बालेनको स्वकीय सचिवालयका भूपदेव

आज डिसेम्बर २५: ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।  आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा

झलनाथपत्नीको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगे प्रचण्ड-माधव

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारलाई घरमै पुगेर भेट गरेका छन ।आज बुधवार प्रचण्ड र नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जानकारी लिएका छन् । सोमबार राति भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित

राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच छलफल

काठमाण्डौ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच समझदारी भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  उनका अनुसार यसका लागि

अध्यक्ष थापाको नाम बाँके २ बाट पनी सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ। राप्रपा नेपाल काठमाडौँ ५ को मंगलवार बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ । यसैगरी बाँके निर्वाचन क्षेत्र नं

आईजीपी कार्कीद्वारा कर्णाली प्रदेश प्रहरीको निरीक्षण

सुर्खेत । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्णाली प्रदेश प्रहिरी कार्यालयको निरीक्षण भ्रमण तथा अनुगमन गरेका छन ।  अनुगमनको सिलसलामा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै आईजीपी कार्कीले भौगोलिक जटिलताको बाबजुद परहरीले प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अपराध नियन्त्रण तथा अनुसन्धान गरेको भूमिका प्रशंसनीय रहेको बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी

शाखा अधिकृत भन्दै ठगी गर्ने व्यक्ति सिंहदरबाट पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ललितपुर महानगरपालिका-१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका-२२ झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई मङ्गलवार टेकुबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनले लोकसेवा आयोगको नक्कली नियुक्ति पत्र बनाएर सरकारी कर्मचारीको पोशाकसमेत लगाई विभिन्न सरकारी कार्यालयमा आफूलाई शाखा अधिकृतको रूपमा प्रस्तुत गर्दै आएका थिए । सिंहदरबारलगायत निकायमा गएर वा फोनमार्फत सरकारी अधिकृत भएको झुटो परिचय दिएर सर्वसाधारणलाई प्रभावमा पार्ने र ‘जागिर लगाइदिन्छु’भन्दै आर्थिक

रवि र बालेनको भेटपछी असिम भन्छन्- कथाको सुखद् सुरुवात भयो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्।  रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्।  रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई

सर्वाधिक कमाउने फिल्मको लक्ष्यमा ‘धुरन्धर’

काठमाण्डौं । प्रदर्शन भएको तीन सातामा फिल्म ‘धुरन्धर’ ले चर्चित बलिउड फिल्मका रेकर्ड तोडिसकेको छ भने अब यो फिल्मले इतिहास रच्ने लक्ष्यमा छ । प्रदर्शनको दोस्रो साता सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको ‘धुरन्धर’ ले तेस्रो साताको शनिबार अर्को रेकर्ड कायम गरेको छ । त्यो हो, तेस्रो शनिबार ३५ करोड बनाउने हिन्दी फिल्मको कीर्तिमान । योसँगै १६ दिनमा फिल्मको कुल व्यापार भारतमा ५३८ करोड ९० लाख नेट पुगेको छ । फिल्मको ओभरसिज कमाइ मात्र