काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे छलफल गर्न विभिन्न दल तथा अभियानका नेताहरू भेला हुन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाली कांग्रेसका नेता सुनील शर्मा र वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल सहभागी छलफल कुपण्डोलस्थित व्यवसायी कुमार बनेको निवासमा हुँदैछ।
जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ (शाह) यसअघि नै छलफलस्थलमा पुगिसकेका छन् भने सागर ढकाल केहीबेरअघि पुगेका हुन्। रवि लामिछानेसँगै असिम शाह र गणेश कार्की पनि छलफलमा सहभागी छन्।
यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् ।

बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।
आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।



