शाखा अधिकृत भन्दै ठगी गर्ने व्यक्ति सिंहदरबाट पक्राउ



  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ललितपुर महानगरपालिका-१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका-२२ झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई मङ्गलवार टेकुबाट पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार उनले लोकसेवा आयोगको नक्कली नियुक्ति पत्र बनाएर सरकारी कर्मचारीको पोशाकसमेत लगाई विभिन्न सरकारी कार्यालयमा आफूलाई शाखा अधिकृतको रूपमा प्रस्तुत गर्दै आएका थिए । सिंहदरबारलगायत निकायमा गएर वा फोनमार्फत सरकारी अधिकृत भएको झुटो परिचय दिएर सर्वसाधारणलाई प्रभावमा पार्ने र ‘जागिर लगाइदिन्छु’भन्दै आर्थिक लाभ लिने गरेको अनुसन्धानबाट खुलेको छ।



  • उनको साथबाट बागमती प्रदेश लोकसेवा आयोगको नक्कली शाखा अधिकृत नियुक्ति पत्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका नक्कली पत्रहरू तथा परिचयपत्र बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखत कीर्ते कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *