पुस २७ र २८ गते विशेष महाधिवेशन हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई यो महाधिवेशनमा सहभागी हुन औपचारिक आग्रह गरे । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने निर्णय गरे पनि थापाले यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘यो










