विशेष समाचार

सशस्त्र प्रहरीका डिएसपी र इन्स्पेक्टरको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले १० जना डिएसपी र ६ जना इन्स्पेक्टरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

पहिलोपटक घण्टीघर जाँदै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गर्दैछन् । अहिले १ बजे उनी बनस्थलीस्थित घण्टीघर जाने कार्यक्रम रहेको छ । गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए । उनलाई दोस्रो वरीयतामा रहनेगरी पार्टीको वरिष्ठ नेता तोकिएको थियो । तर, काठमाडौं महानगरप्रमुखको जिम्मवारीमा रहेका कारण बालेन पार्टीका गतिविधिहरुमा सहभागी भएका थिएनन् । उनको औपचारिक पार्टी प्रवेश

नेपालगन्जबाट ‘कुमारी’को सांगीतिक यात्रा सुरू, ‘डोको बुन्ने’ गीतमा झुमे दर्शक

काठमाण्डौ । आगामी माघ २३ गतेबाट प्रदर्शन हुने लभस्टोरी फिल्म ‘कुमारी’को बिहीवार नेपालगन्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगन्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो । करिव २ हजार बढी दर्शक उपस्थित रहेको कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्डले सांगीतिक प्रस्तुति दिँदा फिल्मका मुख्य जोडी अबिशेक खड्का र आकृति राजभण्डारीले आकर्षक नृत्य प्रस्तुत

मागअनुसार तनहुँमा निर्वाचन प्रहरीका लागि परेन निवेदन

तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन् । यसअघि माघ १ गतेसम्म निवेदन दिने समय रहेकामा कम निवेदन

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने -विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली त्यागेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामाझ जाने बताए । “पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,” शर्माले

एसएसपी बढुवामा वरीयता मिचिदा योग्य छुटे

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्दा वरीयतामा रहेका छुटेका छन् भने, वरियताभन्दा बाहिर रहेकाहरू परेका छन् । सिफारिस सूचीको पहिलोदेखि चौथो नम्बरसम्म सिनियारिटी कायम रहँदा संगठनभित्र बढुवा प्रक्रिया पारदर्शी हुने संकेत देखिए पनि, पाँचौँ नम्बरबाट वरीयता मिचिएको छ ।  बरियताअनुसार रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशप्रसाद काफ्ले क्रमशः एसएसपीमा बढुवा सिफारिस भएका छन् । तर, पाँचौँ

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।  आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका

बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

काठमाडौँ । नेपाली लोक गीतसंगीतकी सफल गायिका बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजन राज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा बिष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन् । गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ । यो गीत केही वर्ष अगाडि सार्वजनिक भइसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा बिष्णु माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्ज थियो । अब यो गीतलाई राजनराज

केकीले ‘पेट्रोल पम्प’ निर्माण गर्दै

काठमाण्डौ । ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’को टिमले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएको छ । लोकप्रिय अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले ‘पेट्रोल पम्प’ निर्माण गर्ने घोषणा गरेका हुन । अहिले इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको कारण ‘पेट्रोल पम्म’ मार्फत दर्शकमाझ आउन लागेको केकीले वताइन । फिल्ममा सुलक्षण भारतीको कथा र निर्देशन हुने छ । केकी अधिकारी निर्मात्री रहेको फिल्ममा कलाकारको बारेमा भने निर्माणपक्षले केही खुलाएका छैनन

आजदेखी ‘निर्वाचन प्रहरी’मा आवेदन खुला

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा आज शुक्रवारदेखि भर्ना आवेदन खुला गरिएको छ। आजदेखि माघ १ गतेसम्म आवेदन दिन सकिने नेपाल प्रहरीले जनाएको छ।  गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वीकृति दिएको छ। जसमध्य नेपाल प्रहरीको कोटामा परेको १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ का लागि आजदेखि भर्ना खुला गरेको