बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक


  • बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक
  • काठमाडौँ । नेपाली लोक गीतसंगीतकी सफल गायिका बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजन राज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा बिष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन् । गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ ।

    यो गीत केही वर्ष अगाडि सार्वजनिक भइसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा बिष्णु माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्ज थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका छन् ।



  • गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ । भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना बिश्वकर्मा फिचर भएका छन् । पवन सुस्लिङले छायांकन र सम्पादन भिडियोमा छ । गज्जबको टिभीबाट भिडियो रिलिज भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *