काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा आज शुक्रवारदेखि भर्ना आवेदन खुला गरिएको छ। आजदेखि माघ १ गतेसम्म आवेदन दिन सकिने नेपाल प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वीकृति दिएको छ। जसमध्य नेपाल प्रहरीको कोटामा परेको १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ का लागि आजदेखि भर्ना खुला गरेको हो।

सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ ।



