कुपण्डोलमा रवि–बालेनसहित सुनिल शर्मा र सागर ढकाल छलफलमा
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे छलफल गर्न विभिन्न दल तथा अभियानका नेताहरू भेला हुन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाली कांग्रेसका नेता सुनील शर्मा र वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल सहभागी छलफल कुपण्डोलस्थित व्यवसायी कुमार बनेको निवासमा हुँदैछ। जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ (शाह) यसअघि नै छलफलस्थलमा पुगिसकेका छन् भने सागर ढकाल केहीबेरअघि पुगेका हुन्। रवि लामिछानेसँगै असिम शाह र










