काठमाडौंका चार स्थानमा १२ सय बढी घरटहरा भत्काइए
काठमाडौं । उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौँको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो। ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरीले जनाएको छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर










