एक दशकपछी ‘झरीपछिको इन्द्रेणी’ बाट गणेश उप्रेतीको कमब्याक


  • एक दशकपछी ‘झरीपछिको इन्द्रेणी’ बाट गणेश उप्रेतीको कमब्याक
  • काठमाण्डौ : करिव एक दशकपछी अभिनेता गणेश उप्रेतीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ बाट कमब्याक गरेका छन।शुक्रबारबाट देशभर ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ।

    लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित चर्चित अभिनेता रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ ।

    निर्देशक घिमिरे कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् भने बाल कलाकारमा दिप्सन चिलवालको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मका छायाँकार बुद्ध थापा हुन् ।



  • फिल्मले एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा , देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । नेपालीतर्फ एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मलाई बक्स अफिसमा ‘अवतार ३’ ठूलो चुनौतीको रुपमा देखिएको छ ।

    हलिउड फिल्म ‘अवतार ३’सँगको प्रतिस्पर्धाका कारण फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *