दिपेश राणा/बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगँजबाट पेस्तोल र गोली बरामद गरेको छ । नेपालगन्ज २ न्युरोड क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल, म्याग्जिन र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।
उक्त पेस्तोल कसले कहाँबाट के प्रयोगको लागी ल्याएको हो यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा बाँके प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको वताउदै घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।

बाँकेमा भन्सार छली आउने सामानहरु, लागुऔषध नियन्त्रण, जुवा, कारागारबाट फरार कैदी र अवैध हातहतियारको खोजीमा प्रहरीले बिशेष अभियान नै सञ्चालन गरेको छ ।



