पुर्व गृहमन्त्री र पूर्व डिआइजीको मुद्दामा आज पेसी


  • पुर्व गृहमन्त्री र पूर्व डिआइजीको मुद्दामा आज पेसी
  • रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

    सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।



  • उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको र गोलाप्रथाबाट इजलासको टुङ्गो लाग्ने जनाए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *