काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाह नमिलेसम्म गेट नखोल्ने बताएका छन् ।
कुपण्डोलको एक घरमा अहिले रवि र बालेन वार्तामा छन् । गेटमा रहेका गुरुङले दुई जना नेता नमिलेसम्म गेटको चाभी नखोल्ने बताएका हुन् ।

उनले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्- दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खोलिन्न ।मेयर साप र रवि लामिछाने । हामी यहाँ गार्ड कोही पनि भित्र जाँदैन कोही पनि बाहिर जाँदैन । कुरा नमिलेसम्म यत्तिकै हो । दुवैजनालाई थुन्देको मिले आउँछन् नत्र आउँदैनन । साँचो हामीले बोकिसक्यौँ ।



