जन्मदिनमा साम्राज्ञीले गरिन् इन्गेजमेन्ट


  • जन्मदिनमा साम्राज्ञीले गरिन् इन्गेजमेन्ट
  • काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले इन्गेजमेन्ट गरेकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले मंसिर १ गते (सोमबार) प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमीको नाम नखुलाएकी उनले सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सेअर गर्दै नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् ।

    प्रेमीको प्रशंसा गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ । दयालु र कोमल हुनु । सधैं र सधैंभरि मेरो हृदय समात्नू ।’



  • इन्गेजमेन्टको यो घोषणाप्रति प्रशंसक र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *