‘धुरन्धर’ को रेकर्ड : विश्वभर ३ हजार करोड वढीको व्यापार
भारतीय फिल्मको इतिहासमा विश्वव्यापी ३ हजार करोडको आँकडा पार गर्ने पहिलो फ्रेन्चाइज फिल्मको कीर्तिमान ‘धुरन्धर’ले बनाएको छ । यसका दुई श्रृंखला ‘धुरन्धर’ र ‘धुरन्धर : द रिभेन्ज’ले गरी विश्वभर उक्त कमाइ गरेका हुन् । पाकिस्तान, दुबई, कुवेतसहित केही देशमा प्रतिबन्धका बाबजुद पनि दुई फिल्मको कमाइ ३ हजार करोडभन्दा माथि पुगेको हो । सन् २०२५ को डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले भारतमा ८४० करोड नेट र विश्वव्यापी १३०७ करोड कमाएको थियो ।









