विशेष समाचार

भुवनको नयाँ गीत ‘जुनसँग के दाँजौंर’ सार्वजनिक

काठमाडौं । कलाकार भुवन लोहनीको नयाँ गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल राईको स्वर, कलाकार लोहनीको शब्द र अभिनय रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । कर्मथलो अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतसँगको सम्बन्ध प्रगाढ बनाउँदै आएका लोहनीले नयाँ म्युजिक भिडियो “जुनसँग के दाजु र” छोराको पाँचौँ जन्मदिनलाई स्मरणीय बनाउँदै सार्वजनिक गरेका हुन । लमजुङका घलेगाउँ, खुदी–भुलभुले झर्नालगायत सुन्दर स्थानमा

सफारी चालकमाथि गोली हान्ने प्रहरी पक्राउ, बीओपीका सबै कर्मचारी फिर्ता

सुनसरी । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका हबलदार पक्राउ परेका छन्। बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र

चेकिङमा रहेको प्रहरीलाई ठक्कर दिएर कारसहित चालक फरार

हेटौँडा । मापसे गरी गाडी हाँकिरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर भागेका छन् । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा यो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए । ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर

लेखक पछी ओलीलाई पत्र काट्दैछौँ-अध्यक्ष कार्की

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए।उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’ उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए। तर

सुनसरीमा गोली लागेर सर्वसाधारणको मृत्यु

सुनसरी । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको हो । घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे

मुलुकप्रतिको जिम्मेवारीबोध भएर कलाकार र खेलाडी राजनीतिमा आउन बाध्य भएका हुन् – रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिले सामान्य नागरिकलाई निकास नदिँदा कलाकार, पत्रकार र खेलाडीहरू राजनीतिमा आउन बाध्य भएको बताएका छन्। जब परम्परागत राजनीतिक दलहरूले सुस्पष्ट मार्गदर्शन र आशा प्रदान गर्न सक्दैनन्, तब सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले देश र जनताको भविष्यप्रति उत्तरदायित्वका भावनासँगै राजनीति प्रवेश गर्ने निर्णय गरिरहेको उनको भनाइ छ। काठमाडौंको बिग मूभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रवि लामिछानेले ठोस राजनीतिक परिणाम नआउँदा

पार्टी पदाधिकारीले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ-तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् । पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको भन्दै सामाजिक सञ्जालमार्फत कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी हुन् । उनले कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन् । समानुपातिकको अवधारणा नै भौगोलिक

रमेश लेखकको बयान-जेनजी आन्दोलनमा घुसपैठ भयो

काठमाण्डौ । जेनजी आन्दोलनमा तत्कालीन गृहमन्त्री रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् ।  जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ

समानुपातिकको बन्द सूची पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज सोमबार अन्तिम दिन हो।  निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो।  निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्नेछ। केही दलहरूले आइतबार नै  बन्द सूची पेश गरिसकेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली

शुक्रवार देखि ‘एक्लो’ प्रदर्शन हुँदै

काठमाण्डौ । आगामी शुक्रबार (१७ पुष) बाट फिल्म ‘एक्लो’ नेपालभर प्रदर्शनमा आउने भएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ । एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् ।  विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको