समानुपातिकको बन्द सूची पेस गर्ने आज अन्तिम दिन


  • समानुपातिकको बन्द सूची पेस गर्ने आज अन्तिम दिन
  • काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज सोमबार अन्तिम दिन हो। 

    निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो। 

    निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्नेछ।

    केही दलहरूले आइतबार नै  बन्द सूची पेश गरिसकेका छन्।



  • नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख दलहरू बन्द सूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन्।

    आयोगले दलहरूलाई ऐनले तोकेको विधि, प्रक्रिया पुर्‍याएर क्लस्टर मिलाएर सूची पेश गर्न आग्रह गरेको छ।

    निर्वाचन आयोगमा पेश गरेपछि दलहरूले नागरिकको जानकारीका लागि बन्द सूची सार्वजनिक गर्न पनि सक्नेछन्।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *