पार्टी पदाधिकारीले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ-तोसिमा कार्की


  • पार्टी पदाधिकारीले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ-तोसिमा कार्की
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् ।

    पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको भन्दै सामाजिक सञ्जालमार्फत कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी हुन् । उनले कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन् । समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ,’ उनले भनेकी छन्, ‘तर, पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षि हुनु र त्यही आफ्नो स्पेस बनाउनु÷बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ । समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’



  • उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गर्दै पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छन् । उनले अघि लेखेकी छन्, ‘फेरि पनि भन्छु, पार्टीको भाइटल पोजिसनमा बस्ने साथीहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ?’

    उनले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ–आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने माग गरेकी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *