शुक्रवार देखि ‘एक्लो’ प्रदर्शन हुँदै


  • शुक्रवार देखि ‘एक्लो’ प्रदर्शन हुँदै

  • काठमाण्डौ । आगामी शुक्रबार (१७ पुष) बाट फिल्म ‘एक्लो’ नेपालभर प्रदर्शनमा आउने भएको छ ।

    प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ । एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् । 

    विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।



  • साइन्स फिक्सन फिल्म ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *