भुवनको नयाँ गीत ‘जुनसँग के दाँजौंर’ सार्वजनिक


  • भुवनको नयाँ गीत ‘जुनसँग के दाँजौंर’ सार्वजनिक
  • काठमाडौं । कलाकार भुवन लोहनीको नयाँ गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल राईको स्वर, कलाकार लोहनीको शब्द र अभिनय रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    कर्मथलो अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतसँगको सम्बन्ध प्रगाढ बनाउँदै आएका लोहनीले नयाँ म्युजिक भिडियो “जुनसँग के दाजु र” छोराको पाँचौँ जन्मदिनलाई स्मरणीय बनाउँदै सार्वजनिक गरेका हुन ।

    लमजुङका घलेगाउँ, खुदी–भुलभुले झर्नालगायत सुन्दर स्थानमा छायांकन गरिएको भिडियोको सिनेमाटोग्राफी नेपाली चलचित्र क्षेत्रमा कुशल एंव व्यस्त सिनेमाटोग्राफर कृष्ण थापाले गरेका छन्। 



  • भुवन लोहनी र उषा उप्रेतीको अभिनय रहेको गीतले एक प्रेमिल जोडिको कथालाई देखाएको छ। यो गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् भने निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् । नहकुल खड्काले सम्पादन गरेको भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।

    झण्डै एक दशकदेखी अमेरिकामा बस्दै आएका मोडल लोहनीले यसअघि ‘बाबा आमा’ , ‘कुन देबको सृष्टि हौ’ , ‘काउकुति लाग्छ कता कता' लगायत आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।  “जुनसँग के दाजु र” गीतलाई दर्शक र स्रोताले माया गरिदिनेमा आफु आशाबादी रहेको लोहनि बताउछन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *