जनार्दनको संसदिय यात्रामा आफ्नै प्रशिक्षार्थीले लगाए ब्रेक


  • जनार्दनको संसदिय यात्रामा आफ्नै प्रशिक्षार्थीले लगाए ब्रेक
  • रुकुम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा माओवादी द्वन्द्वकालमा जनार्दन शर्माले प्रशिक्षण दिएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन । 

    शर्माले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९४८ मतले पछि पार्दै विजयी भएका हुन ।  । कांग्रेसका उम्मेदवार केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन। 



  • यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित भएका छन। 

    विसं २०६४ सालयता लगातार चुनाव जित्दै आएका जनार्दनको जितयात्रामा यसपालि गोपालले ब्रेक लगाइदिएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *