रास्वपाले १०० सिट कटाउदा, कांग्रेस १५, एमालेको ७


  • रास्वपाले १०० सिट कटाउदा, कांग्रेस १५, एमालेको ७
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ । जारी मतगणनामा आइतबार (फागुन २४) बिहान साढे ९ बजेसम्म रास्वपातर्फका उमेदवार १०३ क्षेत्रमा निर्वाचित भइसकेका छन् । २१ क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उमेदवार अगाडि छन् ।

    नेकपा (एमाले)का उमेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले उमेदवार अग्रस्थानमा छन् ।

    चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार ६ क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा नेकपाका उमेदवार अगाडि छन् ।



  • श्रम संस्कृति पार्टीका उमेदवार एउटा क्षेत्रमा निर्वाचित भएका छन् । दुई क्षेत्रमा श्रम संस्कृतिका उमेदवार अगाडि छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार एउटा क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

    नागरिक उन्मुक्ति पार्टी नेपालका उमेदवार एउटा क्षेत्रमा अगाडि छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *