काठमाण्डौ । ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’को टिमले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएको छ । लोकप्रिय अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले ‘पेट्रोल पम्प’ निर्माण गर्ने घोषणा गरेका हुन ।
अहिले इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको कारण 'पेट्रोल पम्म' मार्फत दर्शकमाझ आउन लागेको केकीले वताइन ।

फिल्ममा सुलक्षण भारतीको कथा र निर्देशन हुने छ । केकी अधिकारी निर्मात्री रहेको फिल्ममा कलाकारको बारेमा भने निर्माणपक्षले केही खुलाएका छैनन ।
सोसल ड्रामा सिनेमा ‘पेट्रोल पम्प’ २०८३ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । केकीको पहिलो फिल्म ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो। ‘पेट्रोल पम्प’ ले पनी दर्शकको मन जित्दै व्यावसाहिक रुपमा सफलता प्राप्त गर्नेमा ढुक्क रहेको निर्माण पक्ष आशावादी छ ।



