लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए


  • लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए
  • काठमाडौं - जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । यो सँगै प्ले अफ समीकरण पूरा भएको छ।

    लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।



  • सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा रहन सफल भए। सुदूरपश्चिम बाहेक ३ टोली पहिलो पटक प्ले अफमा पुगेका हुन्।

    जितको लागि १ सय ३३ रनको सहज चुनौती लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    आज शनिबार दुई खेल हुनेछन्। पहिलो खेलमा सुदुरपश्चिम र विराटनगरबीच खेल हुनेछ। अर्को खेलमा चितवन र पोखरा भिड्ने छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *