पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा


  • पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा
  • काठमाडौं । आज शनिवार विवाहबन्धनमा बाँधिन लागेकी नायिका पूजा शर्माले मेहेन्दी लगाएकी छन् । शक्रबार भएको मेहेन्दी समारोहमा उनका हुनेवाला श्रीमान् युद्ध बानियाँ पनि सहभागी भए ।

    पूजा र युद्धकै लगानी रहेको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टमा मेहन्दी कार्यक्रम गरिएको थियो । कार्यक्रममा पूजाका परिवार र आफन्तका साथै निकट कलाकारहरूको उपस्थिति थियो । 

    अभिनेत्रीहरु दीपाश्री निरौला, निरुता सिंह, रेजिना उप्रेतीदेखि एलिजा गौतमसम्म मेहेन्दीमा पूजालाई साथ दिन पुगेका थिए ।

    एलिजा निकै हट बनेर गएकी थिइन् । उनले सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै कवितात्मक शैलीमा पूजाप्रति प्रेम दर्शाएकी छन् ।



  • एलिजाको कविता यस्तो छ:

    प्रिय पूजा
    तिम्रो हातको मेहन्दीले
    यति मीठो कथा बोलेको ,
    मानौँ रंगहरूभित्रै
    तिम्रो मुहारको मुस्कान बसिदिएको हो।

    हरियोगुलाबी छायामा
    तिम्रो नामको सुवास मिसिएको ,
     त्यो नाजुक डिजाइनले
    तिम्रो सौन्दर्यको भाषा कविता बनेर बगिरहेको छ।
     हाम्रो मित्रता
    मेहन्दीझैँ गहिरोरङझैँ टिकाऊ,
    अनुभूति झैँ कहिल्यै नफिको।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *