समाज

नेपालगंजमा आफ्नै साथिको हत्या गरी फरार

नेपालगंज । नेपालगंजस्थित बेलासपुरमा आज (मंगलबार) बिहान ४/५ बजेको समयमा वियरको बोत्तल प्रहार गरी साथीको हत्या भएको छ । नेपालगंज -१२ बेलासपुरस्थित एक घरमा अन्दाजी २१ वर्षीय विशाल चन्दको हत्या गरिएको हो । चन्दको हत्या उनकै ५/६ जना साथीहरले गरी फरार भएको आफन्तले जनाएका छन । चन्दलाई सोमबार साझ ४ बजेतिर साथिहरुले बाँकेको खजुरा गाउपालिका-६ सिमलघारीस्थित घरमा गएर केही काम छ भन्दै घरबाट (सिमलघारी) नेपालगंज लगी हत्या गरेको आफन्तले बताएका छन । चन्दलाई साथिहरुले नेपालगंज

रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो। बाटो पूर्ण रूपमा अवरोध भएपछि पाँच वटा हायस र ६०/६५ जना यात्रु फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले डोरी र डोजर/एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको हो। गाडी र यात्रु खोलामा फसेको जानकारी पाउनासाथ

काठमाडौंका चार स्थानमा १२ सय बढी घरटहरा भत्काइए

काठमाडौं । उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौँको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो।  ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरीले जनाएको छ ।  गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर

हेडक्वार्टरले छानबिनको नाममा दु:ख दिइरहेको पिडित प्रहरीको गुनासो

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाक (घुमुवा) मा कार्यरत भनी छानविनको लागी तानेका ८२ प्रहरी मध्य अधिकांश सादा पोसाक (घुमुवा) मा कार्यरत नभएको खुलेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जालाई छानबिनका क्रममा (पहिलो पटक ३२ र दोस्रो पटक ५० जना ) भन्दै विभिन्न प्रहरी कार्यालयबाट तानेका अधिकांश प्रहरी सादा पोसाक (घमुवा)मा कार्यरत नभएको पिडितहरुले बताएका छन । बर्षौ देखी

जिल्ला तानिएका सइ कंडेल कारबाही स्वरुप धनौली लखेटिए

नेपालगंज : बाँकेको अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय तानिएका सइ लक्ष्मी प्रसाद कंडेललाई कारबाही स्वरुप ईलाका प्रहरी कार्यालय धनौली खटाइएको छ। उनले नेपालगंजस्थित कारकादो र बसपार्क क्षेत्रमा रहेका रात्रीकालिन व्यावसायलाई राति अवेरसम्म सञ्चालन हुन दिएवापत मातहत प्रहरी खटाएर वियर र महंगो रक्सीको बोतल लिएको प्रमाण भेटिएको थियो । त्यस्तै पटक पटक आफुभन्दा माथिल्लो कार्यालयले खटाएको स्थानमा डिउटी नगई अटेर गरेपछी गएको दुइ हप्तामै सइ कडेल सहित सबै प्रहरी

आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन-प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।  प्रधानमन्त्रीसँग नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गर्दै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष

वालिङ् नगर ईकाईको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पगेंनी निर्वाचित

दर्शन सुनार/कतार । स्याङ्जा सहयोग समाज कतार वालिङ नगर ईकाईले तेश्रो अधिवेशन सम्पन्न गरेको छ  । वालिङ् नगर ईकाईका अध्यक्ष बिष्णु पगेंनीको सभापतित्व तथा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश् परियारको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा पुन: बिष्णु प्रसाद पगेंनीको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा जित बहादुर थापा,दित्तिय उपाध्यक्षमा ईश्वरी ढुङ्गाना,तृतीय उपाध्यक्षमा दिपक पगेंनी,सचिबमा नारायण गैरे सह- सचिबमा डोलराज पगेंनी,कोषाध्यक्षमा नारायण क्षेत्री

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

लोकप्रिय रेडियोकर्मी डियर कल्याणलाई मातृ शोक

काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ । जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम