समाज

श्रीमतीको हत्या अभियोगमा फरार रहेका जीवन पक्राउ

काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।   काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सीता नेपालीको शव पुस ९ गते फेला परेको थियो।   जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे। उनीहरूबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको थियो। गत मंसिर २३ गते पनौतीबाट बेथानचोक

संखुवासभामा प्रहरी र विप्लवविच दोहोरो भिडन्त

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र नेपाल प्रहरीबीच संखुवासभामा गोली हानाहान (दोहोरो भीडन्त) भएको छ । आइतबार विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि भिडन्त भएको बताइएको छ । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको र प्रहरीले जवाफी दर्जन बढी गोली चलाएको संखुवासभा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार विप्लव

वडाध्यक्षको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।   जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।   वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला

विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६

वडा दशैँको चौथो दिन आजपनी मान्यजनवाट टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै

काठमाडौँ । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

सप्तरीमा एक किशोरीमाथि सामुहिक बलात्कार, अर्की किशोरीमाथि बलात्कारको प्रयास

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ। गएको शनिबार राति शौच गर्न गएको बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार भएको हो। घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुई किशोरी शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला घटना भएको हो।

वडा दशैंको दोस्रो दिन आज पनी टिका, जमरा र आशीर्वाद ग्रहण गरिदै

काठमाडौं । आज वडा दशैंको दोस्रो दिन पनी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ न्हिदु धर्मावलम्बीहरुले विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफुभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव

लगातारको झरीले यी क्षेत्रमा बढ्यो बाढी तथा पहिरोको जोखिम

काठमाडौं ८, असोज । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने

ललितपुर र धनुषामा २ युवकको हत्या

काठमाण्डौ धनुषा र ललितपुरमा दुई युवाकाे हत्या भएको छ । धनुषामा गएराति एक जना युवकको हत्या भएको हाे । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए अनुसार घटना सबैला नगरपालिका–७ को हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक

सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते

सप्तरी २१ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई