समाज

विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालक पक्राउ

काठमाडौं । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् । सोही अवधीमा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २० लाख

लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ

कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धानबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।   बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए

शरणार्थी शिविरमा आगलागी, एक व्यक्तिको जलेर मृत्यु

काठमाडौँ । भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी-४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी

सप्तरीमा करेन्ट लागेर हात्तीको ज्यान गयो

सप्तरी । सप्तरी जिल्लाको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।   कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र

विप्लवका काठमाडौं जिल्ला इन्चार्ज भिमसेन पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन्।   घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्यूरो स्रोतले भन्यो, ‘घिमिरेलाई हामीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं परिसर पठाएका छौं।’   लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको थियो। घिमिरेको पक्राउ भने प्रहरीले अहिलेसम्म गोप्य राखेको छ। स्रोतका अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३०

वर्दियाको  बिकास र समृद्धिकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री विक

वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकास र समृद्धिकालागी आफु वर्दिया बासिको काधमा काध थाप्नलाई मन्त्री भएको बताउनुभयो । बढैयाताल उद्योग वाणिज्य संघले मैनापोखर स्थित सुनगाभा पार्टि प्यालेसमा राखेको स्वागत कार्यक्रलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले बर्दियाको विकाशका लागी आफु सदैब वर्दियावासी संगै हुने भएकोले वर्दियाकाे बिकास गर्ने कुरामा वर्दियावासीलाई ढुक्क रहन आग्रह गर्नु भयो । उहाले बर्दियाका सम्पुर्ण खेतहरुमा सिंचाई पुर्याउने

विद्यालय लगायत सबै क्षेत्रहरु खुला गर्ने सरकारको निर्णय

कोभीड महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक

वर्दियामा मोटरसाइकल सवार महिलालाई बाघले झम्टिएर लग्यो

काठमाडौं । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टिएर लगेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको बताइएको छ ।   विस्तारै चलेको मोटरसाइकलमा छोरासँगै बसेकी ५२ वर्षकी नन्दकला थापालाई बाघले झम्टिएर लगेको थियो । सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा नन्दकला छोरासँगै घर जाँदै गर्दा कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।   पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।