स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुष र सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्ध रहेका छन् । उनीहरु दुवैको कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका ५० वर्षीय पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेको

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं २ असोज । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

काठमाडौं – कैलालीमा मंगलबार श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्राद्धको खाना खाँदा अन्य १५ जना बिरामी भएका छन् । बिरामी भएका १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी सोल्टी होटलको आइसोलेसनमा छन्। आइतबार स्वाब दिएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन भर्ना भएका हुन् । तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट दक्षिण सुडान लगेका उनलाई कोरोना देखिएको हो ।

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् । उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि  कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो । उनको  कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।

वीर अस्पताललाई ‘कोभिड’ अस्पताल बनाइयो, वीरको सेवा ट्रमा सेन्टरबाट

काठमाडौं २१, भदौ । सरकारले वीर अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिनुभयो। कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ। उपत्यकामा कोरोना अस्पतालका रुपमा

तस्विरः फाइल

काठमाडौं ११, भदौ । पछिल्लो पटक वीरगञ्ज, पोखरा, ललितपुर र बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमा तीन, पोखरा, ललितपुर र बुटवलमा एक-एकजना गरी ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ । -पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा

विराटनगर नोबेल मेडिकल कलेजका स्टाफ नर्सहरुले दिए सामूहिक राजीनामा

विराटनगर १०, भदौ । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले सामूहिक राजीनामा दिएका हुन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने र यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १० हजार ४९२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।