समाज

म्यादी प्रहरी पोसाक खरिद अनियमितताको आरोपमा आईजीपी कार्कीमाथि अख्तियारको अनुसन्धान

काठमाडौँ : नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक हुँदै ‘प्रहरीको चुस्ता धान गोदामको पालेले लगाउनेभन्दा पनि कमसल रहेको’ गुनासो गरेका थिए। तर, अहिले उनैमाथि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि अध्ययन तथा अनुसन्धान भइरहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

निर्वाचन प्रहरी पोसाक खरिदबारे पूर्व गृहमन्त्री अर्याल र आईजीपी कार्की अनुसन्धानको दायरामा

काठमाडौँ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो। सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेर निर्वाचनमा परिचालन गरेको थियो। ४० दिन निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई दुई वटा सुरक्षा निकायले जवान बराबर तलब, रासन र पोसाक उपलब्ध गराएका थिए । करिब ३ सातामा एउटै मापदण्डको पोसाक उपलब्ध गराउनुपर्ने चाप भएसँगै प्रहरी र सशस्त्रले मापदण्ड

प्रहरीको लेखा सरुवामा चलखेलको चर्चा, जिल्ला चलाइसकेकोले पुन:जिल्ला नपाउने

काठमाडौं । प्रहरीको लेखा सरुवा नजिकिँदै जाँदा आकर्षक कार्यालयमा पोस्टिङका लागि संगठनभित्र तिब्र दौडधूप र लबिङ बढ्दै गएको छ। यस पटकको सरुवामा भने एक पटक जिल्ला चलाइसकेकोले पुन:जिल्ला नपाउने मापदण्ड समेत तयार भएको स्रोत बताउछ। यस पटक ६ वर्ष कार्यकाल पुरा भएका तीन दर्जन वढी लेखापाल आउट हुने भएका छन । प्रहरीमा एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएर काम गरेका लेखापालहरुको प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्तभित्र सरुवा गर्दै

स्याङ्जामा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिपमा कुल २२ जना सवार थिए

डीआईजी थपलियाको असुलीधन्दा ! चोख्याउने उपायले आईजी कार्की संशयको घेरामा

काठमाडौं– केही दिनअघि मात्र गृहमन्त्री सुदन गुरुङले मधेस प्रदेश प्रहरीको जिम्मेवारी खोसेर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) गोविन्द थपलियाको तस्करीमा संलग्नसम्मको लाइन रहेको पत्ता लागेको छ। महोत्तरीदेखि धनुषालगायतका सीमा क्षेत्र हुँदै तस्करीमा संलग्नसँग थपलियाले रकम उठाउनका लागि घुमुवा परिचालन गरेको खुलेको हो। आफ्नो पोल खुल्ने डरले उनले मधेस प्रदेशका विभिन्न जिल्ला प्रहरी उपरिक्षक (एसपी)लाई स्पष्टीकरण सोध्ने, तल्ला दर्जाका कर्मचारीलाई यातना दिनेसम्मको काम गरेका थिए।  एक

नेपालगंजमा आफ्नै साथिको हत्या गरी फरार

नेपालगंज । नेपालगंजस्थित बेलासपुरमा आज (मंगलबार) बिहान ४/५ बजेको समयमा वियरको बोत्तल प्रहार गरी साथीको हत्या भएको छ । नेपालगंज -१२ बेलासपुरस्थित एक घरमा अन्दाजी २१ वर्षीय विशाल चन्दको हत्या गरिएको हो । चन्दको हत्या उनकै ५/६ जना साथीहरले गरी फरार भएको आफन्तले जनाएका छन । चन्दलाई सोमबार साझ ४ बजेतिर साथिहरुले बाँकेको खजुरा गाउपालिका-६ सिमलघारीस्थित घरमा गएर केही काम छ भन्दै घरबाट (सिमलघारी) नेपालगंज लगी हत्या गरेको आफन्तले बताएका छन । चन्दलाई साथिहरुले नेपालगंज

रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो। बाटो पूर्ण रूपमा अवरोध भएपछि पाँच वटा हायस र ६०/६५ जना यात्रु फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले डोरी र डोजर/एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको हो। गाडी र यात्रु खोलामा फसेको जानकारी पाउनासाथ

काठमाडौंका चार स्थानमा १२ सय बढी घरटहरा भत्काइए

काठमाडौं । उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौँको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो।  ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरीले जनाएको छ ।  गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर

हेडक्वार्टरले छानबिनको नाममा दु:ख दिइरहेको पिडित प्रहरीको गुनासो

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाक (घुमुवा) मा कार्यरत भनी छानविनको लागी तानेका ८२ प्रहरी मध्य अधिकांश सादा पोसाक (घुमुवा) मा कार्यरत नभएको खुलेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जालाई छानबिनका क्रममा (पहिलो पटक ३२ र दोस्रो पटक ५० जना ) भन्दै विभिन्न प्रहरी कार्यालयबाट तानेका अधिकांश प्रहरी सादा पोसाक (घमुवा)मा कार्यरत नभएको पिडितहरुले बताएका छन । बर्षौ देखी

जिल्ला तानिएका सइ कंडेल कारबाही स्वरुप धनौली लखेटिए

नेपालगंज : बाँकेको अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय तानिएका सइ लक्ष्मी प्रसाद कंडेललाई कारबाही स्वरुप ईलाका प्रहरी कार्यालय धनौली खटाइएको छ। उनले नेपालगंजस्थित कारकादो र बसपार्क क्षेत्रमा रहेका रात्रीकालिन व्यावसायलाई राति अवेरसम्म सञ्चालन हुन दिएवापत मातहत प्रहरी खटाएर वियर र महंगो रक्सीको बोतल लिएको प्रमाण भेटिएको थियो । त्यस्तै पटक पटक आफुभन्दा माथिल्लो कार्यालयले खटाएको स्थानमा डिउटी नगई अटेर गरेपछी गएको दुइ हप्तामै सइ कडेल सहित सबै प्रहरी