राजनीति

हामी काम गर्न आएका हौँ, ढुक्क हुनुस-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेका कारण समस्या भएको प्रधानमन्त्रीको धारणा छ । सामाजिक सञ्जालमा उनले आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्धारा जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा मंगलबार (वैशाख २२) उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै यसअघि सरकारलाई फिर्ता पठाएका थिए । तर, सरकारले जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो । पुनर्विचार गर्न भन्दै अध्यादेश फिर्ता पठाएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यसबारे लिखित जवाफ राष्ट्रपतिको कार्यालयमा बुझाएका

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १५ सय वढी पदाधिकारीहरू पदमुक्त हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीको पदमुक्त हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ जना पदाधिकारी पदमुक्त भएका छन् । यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरणका ४ जना,

पूर्व उर्जामन्त्री दिपक खड्का परे पक्राउ

काठमाडौं : पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । नेपालको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले खड्कालाई पक्राउ गरेको हो ।  सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

समानुपातिकतर्फ रास्वपाको कटायो ५० लाख मत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो । यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत

जनार्दनको संसदिय यात्रामा आफ्नै प्रशिक्षार्थीले लगाए ब्रेक

रुकुम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा माओवादी द्वन्द्वकालमा जनार्दन शर्माले प्रशिक्षण दिएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन ।  शर्माले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९४८ मतले पछि पार्दै विजयी भएका हुन ।  । कांग्रेसका उम्मेदवार केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन।  यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा

रास्वपाले १०० सिट कटाउदा, कांग्रेस १५, एमालेको ७

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ । जारी मतगणनामा आइतबार (फागुन २४) बिहान साढे ९ बजेसम्म रास्वपातर्फका उमेदवार १०३ क्षेत्रमा निर्वाचित भइसकेका छन् । २१ क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उमेदवार अगाडि छन् । नेकपा (एमाले)का उमेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले

सिराहा–१ मा बब्लु गुप्ताको शानदार जित

सिराहा । सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् । उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका

गगनको संसदीय यात्रामा सर्लाही बाट अमरेशले लगाए ब्रेक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् । आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन

नवलपरासी-१ मा विक्रम ले हराए विनोद चौधरीलाई

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार