भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको हो – रबि लामिछाने


  • भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको हो - रबि लामिछाने
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा पहिला गोली चलेको अनि सिंहदरबार जलेको बताएका छन् ।

    शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    अझै पनि सिंहदरबार कसले जलाउने भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै लामिछानेले भने- 'भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो ।'



  • सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएकाले जलेको उनको भनाइ थियो। लामिछानेले थप भने- 'सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, अरु कोही पनि होइन। '

    सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको जिकिर छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *