‘१२ गाउँ-२’ को छायांकन सुरु, समिर र कृशु मुख्य भुमिकामा


  • '१२ गाउँ-२' को छायांकन सुरु, समिर र कृशु मुख्य भुमिकामा
  • काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार हुन लागेको सिनेमा '१२ गाउँ – २' को छायांकन सुरु गरिएको छ । आज(बुधबार) काठमाडौंको एक स्टुडियोमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

    '१२ गाउँ – २'मा नायक समिर भट्टको जोडीमा रुपमा कृशु शाही (काफिया)ले डेव्यु गरेकी छिन । सिनेमाको छायांकन गीतबाट सुरु गरिने निर्माण पक्षले बताएको छ।



  • दशैंको फूलपातीमा रिलिज हुने यस फिल्ममा विराजसहित अनुप विक्रम शाही, समीर भट्ट, कृशु शाही ‘काफिया’, सुनिल पोखरेल लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

    यो फिल्म गत वर्ष प्रदर्शन भएको ‘१२ गाउँ ’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । शुभ मुहूर्त समारोहमा निर्देशक, कलाकार र वितरकको उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *