नेपालगंज । नेपालगंजस्थित बेलासपुरमा आज (मंगलबार) बिहान ४/५ बजेको समयमा वियरको बोत्तल प्रहार गरी साथीको हत्या भएको छ । नेपालगंज -१२ बेलासपुरस्थित एक घरमा अन्दाजी २१ वर्षीय विशाल चन्दको हत्या गरिएको हो । चन्दको हत्या उनकै ५/६ जना साथीहरले गरी फरार भएको आफन्तले जनाएका छन ।

चन्दलाई सोमबार साझ ४ बजेतिर साथिहरुले बाँकेको खजुरा गाउपालिका-६ सिमलघारीस्थित घरमा गएर केही काम छ भन्दै घरबाट (सिमलघारी) नेपालगंज लगी हत्या गरेको आफन्तले बताएका छन । चन्दलाई साथिहरुले नेपालगंज -१२ बेलासपुरस्थित एक साथिको ब्रतबन्धमा सहभागी गराएको र त्यसपछी घरनजिकको बाटोमा सिसाको बोत्तल प्रहार गरी हत्या गरेको आफन्तले बताएका छन ।

मृतक चन्दको टाउको, निधार लगायत शरिरको विभिन्न भागमा गहिरो चोटपटक लागेको छ र प्रहरीले हालसम्म कसैलाई पनी पक्राउ नगरेको आफन्तले बताएका छन । मृतकको बुवाआमा रोजगारको सिलसिलामा भारतमा छन ।



