राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी


  • राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी
  • नेपालगंज । राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार जित हासिल गरेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोल भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जिते।

    यसैगरी सोमबारको दोस्रो खेलमा सीतापुर युनाईटेडले मोर्डन एफसीलाई २–० ले पराजित गरेको छ । सीतापुर युनाईटेडको तर्फबाट पहिलो गोल खेलको २५औं मिनेटमा सुजन शाही ठकुरीले गरेका थिए भने दोस्रो गोल अरुण चलाउनेले ५७औं मिनेटमा गोल गरेका थिए । खेलमा सीतापुर युनाइटेडका संगम सारु मगर प्लेयर अफ द म्याच घोषित भए।

     प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल जय किसान स्पोर्टस क्लब सैनिक र मानवी स्पोर्टस क्लब नेपालगन्ज बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एक्स आर्मी लेजेन्ड र चन्द्र ज्योति युवा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक गणेश राईले बताए 



  • । योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।

    चैतको २९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजक युवा क्लबका अध्यक्ष कमल पुनले बताए । Patner

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *