समानुपातिकतर्फ रास्वपाको कटायो ५० लाख मत


  • समानुपातिकतर्फ रास्वपाको कटायो ५० लाख मत
  • काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ ।

    समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो ।

    यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ ।

    नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मतसहित तेस्रो स्थान ओगटेको छ ।



  • नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ । यो कुल गणना भएको सदर मतको ७.३६ प्रतिशत हो।

    श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ । उसले समानुपातिकमा अहिलेसम्म ३.४४ प्रतिशत मत पाएको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मतसहित ३.१२ प्रतिशत मत पाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *