सर्वाधिक कमाउने फिल्मको लक्ष्यमा ‘धुरन्धर’


  • सर्वाधिक कमाउने फिल्मको लक्ष्यमा ‘धुरन्धर’
  • काठमाण्डौं । प्रदर्शन भएको तीन सातामा फिल्म ‘धुरन्धर’ ले चर्चित बलिउड फिल्मका रेकर्ड तोडिसकेको छ भने अब यो फिल्मले इतिहास रच्ने लक्ष्यमा छ ।

    प्रदर्शनको दोस्रो साता सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको ‘धुरन्धर’ ले तेस्रो साताको शनिबार अर्को रेकर्ड कायम गरेको छ । त्यो हो, तेस्रो शनिबार ३५ करोड बनाउने हिन्दी फिल्मको कीर्तिमान । योसँगै १६ दिनमा फिल्मको कुल व्यापार भारतमा ५३८ करोड ९० लाख नेट पुगेको छ । फिल्मको ओभरसिज कमाइ मात्र १७० करोड भारु छ ।

    यो फिल्मको व्यापारिक रफ्तार हेर्दा ८ सय करोडको आँकडा पनि मुस्किल देखिँदैन । अहिलेसम्म बलिउडका तीन फिल्म ‘जवान’, ‘स्त्री २’, र ‘छावा’ले मात्र ६ सय करोड पार गरेका छन् । यी तीन फिल्ममध्ये ‘जवान’को ६४० करोड र ‘पुष्पा २’ (हिन्दी)को ८१२ करोडको आँकडालाई ‘धुरन्धर’ले उछिनेको खण्डमा यो सर्वाधिक कमाउने हिन्दी फिल्म बन्नेछ ।

    आदित्य धरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह, आर माधवन, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल लगायतको अभिनय रहेको छ । फिल्म रिलिज भएयता सर्वाधिक चर्चामा अक्षय छन् । उनको नृत्यदेखि अभिनयसम्म अत्याधिक रुचाइएको छ । उनकै कारण फिल्मको व्यापारमा समेत उछाल आइरहेको छ । यसमा ग्याङस्टरको लडाइँ र पुलिस अप्रेसनको कथा छ ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *