नेपालगंज : बाँकेको अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय तानिएका सइ लक्ष्मी प्रसाद कंडेललाई कारबाही स्वरुप ईलाका प्रहरी कार्यालय धनौली खटाइएको छ।
उनले नेपालगंजस्थित कारकादो र बसपार्क क्षेत्रमा रहेका रात्रीकालिन व्यावसायलाई राति अवेरसम्म सञ्चालन हुन दिएवापत मातहत प्रहरी खटाएर वियर र महंगो रक्सीको बोतल लिएको प्रमाण भेटिएको थियो । त्यस्तै पटक पटक आफुभन्दा माथिल्लो कार्यालयले खटाएको स्थानमा डिउटी नगई अटेर गरेपछी गएको दुइ हप्तामै सइ कडेल सहित सबै प्रहरी कर्मचारी कारवाही स्वरुप जिल्ला तानिएका थिए। उनलाई जिल्ला तानिएको दुई दिनमा नै कारवाही स्वरुप ईलाका प्रहरी कार्यालय धनौली सरुवा गरिएको एक प्रहरी अधिकृतले वताए। पावर भएकै कारण उनलाई स्पष्टीकरण समेत नसोधिएको तर संगै तानिएका निमुखा जवान र हवल्दारलाई भने कारवाही गरिने तयारी भएको उनले बताए।

लामो समय प्रशासनमा जमेर बसेका उनी धनौली नगई पुन प्रशासनमा बस्न हरप्रयास गरेका थिए । प्रयास सफल नभएपछी र आफुलाई एसपीले विना गल्ती जिल्ला तानेको वताउदै एसपीको सरुवा पछी पुन: जिल्ला आएर इन्चार्ज गएर देखाउने भन्दै धनौली गएको ती अधिकृतले वताए ।

बाँकेमा आएदेखीबाट मालदार चौकी र प्रशासनमा मात्र बसेर लाभ लिने अधिकृत हुन कंडेल । प्रशासनमा बस्दा उनले आवश्यक घरको सामानहरु (काजु, बदाम, सोडा, साबुन, रिचार्ज) र मासिक दुई देखी ५ हजारसम्म पैसा लिने गरेको नदिए कुरा लगाएर अफ्ठ्यारो ठाउमा सरुवा गरिदिने गर्ने गरेको नाम नभन्ने शर्तमा सिमा क्षेत्रमा खटिएका केही प्रहरीले समेत बताएका छन। बाँकेमा नयाँ एसपी अंगुर जिसी आएपछी प्रहरीबाट लाभ लिन बन्द भएपछी उनी रोजेर चौकी इन्चार्ज बसपार्क गएको स्रोत बताउछ।
बाँकेमा एसपी अंगुर जिसीले कमाण्ड सम्हालेपछि नै जिल्लामा गुण्डागर्दी, चोरी डकैती, अबैध भन्सार चोरी निकासी नियन्त्रण र कानून वर्जित कार्य गर्नेमाथि कठोर अभियान सुरु गरेका छन । जसका कारण बाँकेबासीले सुरक्षित अनुभुती गरेको वताएका छन।



