नेपालगंज : बाँकेको बसपार्कस्थित अस्थाइ प्रहरी पोष्ट बसपार्कमा कार्यरत सइ सहित सबै जिल्ला प्रहरी कार्यालयमा तानिएका छन्। नेपालगंज कारकादो स्थित रात्रीकालिन व्यावसाय डान्सबारबाट लाभ लिइ राति अवेरसम्म सञ्चालन हुन दिएको खुलेपछी गएको दुइ हप्तामै सइ लक्ष्मी प्रसाद कडेल कारवाही स्वरुप जिल्ला तानिएका हुन ।
आफुभन्दा माथिल्लो कार्यालयले भनेको नमानेर अटेर गरेको र अबैध आर्थीक लाभ लिएको भेटिएपछी सई सहितको टोलीलाई जिल्ला तानेर असईको कमाण्डमा नयाँ टोली खटाइएको एक प्रहरी अधिकृतले वताए । अस्थाइ प्रहरी पोष्ट बसपार्कमा आएको दुइ हप्तामै सईकै कारणले बसपार्कका जवानदेखि हवल्दारसम्म जिल्ला प्रहरी कार्यालय तानिएका छन । बाँके प्रहरीका अनुसार डान्सबारबाट लाभ लिइ राती अवेरसम्म खुलाउने गरेपछी जनगुनासो आउनुका साथै राती २ बजे डान्सवारमा लफडा भएपछी डिउटीमा नगइ मोबाइल अफ गरी सम्पर्कमा नआएको र एसपीले फोन गर्दा समेत खटाइएको ठाउमा नगइ अटेर गरेपछी उक्त ठाउमा जिल्ला प्रहरीको टोली पुगेपछी झगडा मिलाई रात्री व्यावसाय वन्द गराएको थियो । तत्काल नै सईलाई कारबाही स्वरुप जिल्ला तानेको थियो।
सई कडेलले गएको ३/४ दिनमा नै होटल, स्पा, दोहरी र डान्सवारमा सादा पोसाकमा प्रहरी पठाएर आफु एसपीको खास मान्छे भएकोले आफुलाई सहयोग गरे राती अवेरसम्म व्यावसाय खोल्न सहयोग गर्ने नभए अफ्ठ्यारो पार्ने समेत बताएको व्यावसायीहरुको गुनासो छ। बाँकेमा बसपार्क पुलिसले चोरी नियन्त्रण गर्न नसकेको, दोहरीसाँझ र डान्सवारलाइ अवेरसम्म खुलाएर वियर, महंगो रक्सी र आर्थीक लाभ लिएको स्थानियहरुले आरोप लगाएका छन ।

बाँकेको आकर्षक चौकी मानिने प्रहरी चौकी साँइगाउ र असईमा जयसपुर समेत बसेका उनले तस्करसँग राम्रो सम्बन्ध बनाइ तस्करसँग मोटो रकम अशुल्न सफल भएका थिए । नाम नभन्ने शर्तमा सिमा क्षेत्रमा खटिएका केही प्रहरीले भने, 'सई सापलाई प्रशासनमा बस्दा घरको सामानहरु (काजु, बदाम, सोडा, साबुन, रिचार्ज र मासिक केही पैसा) दिनुपर्थ्यो नदिए कुरा लगाएर अफ्ठ्यारो ठाउमा सरुवा गरिदिन्छु भन्नुहुन्थ्यो ।' उनले आफु प्रशासनमा लामो समय बसेको हुँदा मातहत कर्मचारीलाई समेत आफु अनुकुल काम नगरे अन्यत्र सरुवा गरिदिने र भनेको माने राम्रो ठाउमा पठाइदिने भन्दै आफु अनुकुल काममा लगाउने गरेको सीमा क्षेत्रमा खटिएको एक प्रहरीले वताए ।
बाँकेमा नयाँ एसपी अंगुर जिसीले कमाण्ड सम्हालेपछि नै जिल्लामा कानून वर्जित कार्य गर्नेमाथि कठोर अभियान सुरु गरेका छन भने स्पा–मसाज सेन्टर, दोहरी, डान्सवारमा प्रहरीले निगरानी बढाएको छ । विशेषगरी नेपालगन्ज क्षेत्रमा संचालित स्पा, मसाज सेन्टर र खाजा घरमा गैरकानुनी गतिविधि बढ्दै गएको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय बाँकेले कडाइका साथ अनुगमन थालेको हो ।



