एनपीएल अवधिभर आन्दोलन नगर्न सबै दललाई पारस खड्काको आग्रह


  • एनपीएल अवधिभर आन्दोलन नगर्न सबै दललाई पारस खड्काको आग्रह
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले नेपाल प्रिमियर लिग(एनपीएल)को समयमा आन्दोलन नगरिदिन दुर्गा प्रसाईंलगायतका दलहरुलाई आग्रह गरेका छन् ।

    एनपीएलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गरेका हुन् ।एनपीएल देशको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले बाधक नबनिदिन अनुरोध गरे । यदि एनपीएलको समयमा आन्दोलन गर्ने सोच छ भने काठमाडौं बाहिर गएर गर्न समेत अनुरोध गरे ।उनले भने,‘ यो प्रतियोगिता एउटा प्रतियोगिता मात्र नभई हामीसँग ८ वटा टीम छन् । ६० ६५ जना राम्रा राम्रा विदेशी खेलाडी आएर यदि यो प्रतियोगिता राम्रोसँग सम्पन्न गर्न सके हामी विश्वमाझ चिनाउने अवसर पाउँछौं ।



  • त्यसैले अहिलेको लागि जुन साथ र सहयोग छ । त्यो भन्दा अलिकति माथि उठेर एउटा देशलाई नै चिनाउने प्रतियोगिता भएको हुँदा सबैको साथ सहयोग चाहिएकाे छ । यदि आन्दोलन गर्ने व्यक्ति या समूहहरु हुनुहुन्छ भने पनि बरु सकिन्छ भने काठमाडौं बाहिर गएर यहाँहरुको माग पूरा गरिदिनुहोला । यो मंसिर १ देखि २७ को बीचमा नेपाल क्रिकेट र नेपाललाई चिनाउने माध्यमको रुपमा अघि बढिरहेका छौं ।

    क्यानको तर्फबाट अनुरोध गर्दछौं । ’एनपीएलको दोस्रो संस्करणको खेल मंसिर १ गतेदेखि सुरु हुँदैछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं मंसिर ७ गते र एमाले ५ गते राष्ट्रिय स्तरको जनप्रदर्शन गर्ने घोषणा गरेको छ । एनपीएलको बीचमा विभिन्न दल समूहहरुले प्रदर्शन गर्ने घोषणा गरेकाले सचिव खड्काले त्यसप्रति लक्षित गर्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *