राजनीति

सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको  हमला मान्ने उनले बताए । उनले भने,’त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान

पहिलोपटक घण्टीघर जाँदै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गर्दैछन् । अहिले १ बजे उनी बनस्थलीस्थित घण्टीघर जाने कार्यक्रम रहेको छ । गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए । उनलाई दोस्रो वरीयतामा रहनेगरी पार्टीको वरिष्ठ नेता तोकिएको थियो । तर, काठमाडौं महानगरप्रमुखको जिम्मवारीमा रहेका कारण बालेन पार्टीका गतिविधिहरुमा सहभागी भएका थिएनन् । उनको औपचारिक पार्टी प्रवेश

मागअनुसार तनहुँमा निर्वाचन प्रहरीका लागि परेन निवेदन

तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन् । यसअघि माघ १ गतेसम्म निवेदन दिने समय रहेकामा कम निवेदन

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने -विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली त्यागेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामाझ जाने बताए । “पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,” शर्माले

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।  आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका

पुस २७ र २८ गते विशेष महाधिवेशन हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन् ।  बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई यो महाधिवेशनमा सहभागी हुन औपचारिक आग्रह गरे । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने निर्णय गरे पनि थापाले यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘यो

राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन-निकोलस मदुरो गुएरा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्।  मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’ उनले अगाडि भनेका छन्, ‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा

अमेरिकी अदालतमा मादुरोद्धारा सबै आरोप अस्वीकार

एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले आफुमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका छन् । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । उनले अदालतमा न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । मादुरोले भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र

मेरा लागि खाल्डो खन्नेहरू त्यही पुरिन्छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका छन् । पार्टीको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका हुन् ।  उनले शीर्ष नेताहरूतर्फ लक्षित गर्दै रिस र व्यङ्ग्य मिसाएर भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर भनेका थिए होला, तर अब तपाईँहरूलाई पनि यति ठूलो खाल्डो खन्नैपर्ने भयो-नखनी सुखै छैन जस्तो

लेखक पछी ओलीलाई पत्र काट्दैछौँ-अध्यक्ष कार्की

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए।उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’ उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए। तर