गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने -विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली त्यागेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामाझ जाने बताए । “पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,” शर्माले










