समाचार

एसईईको को नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा? 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो। एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिकापरीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो

'१२ गाउँ-२' को छायांकन सुरु, समिर र कृशु मुख्य भुमिकामा

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार हुन लागेको सिनेमा ‘१२ गाउँ – २’ को छायांकन सुरु गरिएको छ । आज(बुधबार) काठमाडौंको एक स्टुडियोमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ‘१२ गाउँ – २’मा नायक समिर भट्टको जोडीमा रुपमा कृशु शाही (काफिया)ले डेव्यु गरेकी छिन । सिनेमाको छायांकन गीतबाट सुरु गरिने निर्माण पक्षले बताएको छ। दशैंको फूलपातीमा रिलिज हुने यस फिल्ममा विराजसहित अनुप विक्रम

नेपालगंजमा आफ्नै साथिको हत्या गरी फरार

नेपालगंज । नेपालगंजस्थित बेलासपुरमा आज (मंगलबार) बिहान ४/५ बजेको समयमा वियरको बोत्तल प्रहार गरी साथीको हत्या भएको छ । नेपालगंज -१२ बेलासपुरस्थित एक घरमा अन्दाजी २१ वर्षीय विशाल चन्दको हत्या गरिएको हो । चन्दको हत्या उनकै ५/६ जना साथीहरले गरी फरार भएको आफन्तले जनाएका छन । चन्दलाई सोमबार साझ ४ बजेतिर साथिहरुले बाँकेको खजुरा गाउपालिका-६ सिमलघारीस्थित घरमा गएर केही काम छ भन्दै घरबाट (सिमलघारी) नेपालगंज लगी हत्या गरेको आफन्तले बताएका छन । चन्दलाई साथिहरुले नेपालगंज

रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो। बाटो पूर्ण रूपमा अवरोध भएपछि पाँच वटा हायस र ६०/६५ जना यात्रु फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले डोरी र डोजर/एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको हो। गाडी र यात्रु खोलामा फसेको जानकारी पाउनासाथ

हामी काम गर्न आएका हौँ, ढुक्क हुनुस-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेका कारण समस्या भएको प्रधानमन्त्रीको धारणा छ । सामाजिक सञ्जालमा उनले आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्धारा जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा मंगलबार (वैशाख २२) उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै यसअघि सरकारलाई फिर्ता पठाएका थिए । तर, सरकारले जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो । पुनर्विचार गर्न भन्दै अध्यादेश फिर्ता पठाएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यसबारे लिखित जवाफ राष्ट्रपतिको कार्यालयमा बुझाएका

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ। विराटनगरबाट काठमाडौँतर्फ उडान भर्न लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरूबाट झोलाभित्र लुकाइएको अवैध नगद बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। पहिलो घटना शुक्रबार साँझ करिब ८ बजे भएको हो। बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका सुनसरीको धरान–१८ का ३५ वर्षीय दिलीप तामाङमाथि शंका

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १५ सय वढी पदाधिकारीहरू पदमुक्त हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीको पदमुक्त हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ जना पदाधिकारी पदमुक्त भएका छन् । यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरणका ४ जना,

रोकियो लालीबजारको प्रदर्शन, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

काठमाडौँ । यही शुक्रवार १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भनी विपक्षीको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । अदालतले दुवै पक्षलाई छलफलको लागि बैशाख २२ गते पेश तोक्न भनेको छ । आदेशमा भनिएको छ

'धुरन्धर’ को रेकर्ड : विश्वभर ३ हजार करोड वढीको व्यापार

भारतीय फिल्मको इतिहासमा विश्वव्यापी ३ हजार करोडको आँकडा पार गर्ने पहिलो फ्रेन्चाइज फिल्मको कीर्तिमान ‘धुरन्धर’ले बनाएको छ । यसका दुई श्रृंखला ‘धुरन्धर’ र ‘धुरन्धर : द रिभेन्ज’ले गरी विश्वभर उक्त कमाइ गरेका हुन् । पाकिस्तान, दुबई, कुवेतसहित केही देशमा प्रतिबन्धका बाबजुद पनि दुई फिल्मको कमाइ ३ हजार करोडभन्दा माथि पुगेको हो ।  सन् २०२५ को डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले भारतमा ८४० करोड नेट र विश्वव्यापी १३०७ करोड कमाएको थियो ।