राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन-निकोलस मदुरो गुएरा
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्। मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’ उनले अगाडि भनेका छन्, ‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा








