सालपा विकास बैंकको आईपीओ निष्कासन
काठमाडौं। सालपा विकास बैंकले आज बिहीवारदेखि आईपीओ निष्कासन गरेको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो । जसमध्ये ५ प्रतिशत




