रातोखरी

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं २ असोज । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

लामो दुरीको सवारी साधनमा जोरबिजोर लागु नहुने

काठमाडौँ– असोज १ गतेबाट सुचारु हुने लागेको लामो दुरीको सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने बताए। काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भइरहेका बेला लामो दूरीका सवारी साधनमा के हुन्छ भन्ने अन्योल थियो। गत साता काठमाडौं उपत्यकामा नि’षेधाज्ञा खुकुलो बनाइए पनि यातायात सञ्चालनमा जोर-बिजोर प्रणाली लागु गर्ने निर्णय भएको थियो। मन्त्रिपरिषद्को मंगलबारको

लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान अब नयाँ फिल्ममा देखिने भएका छन् । उनी अभिनेत्री दीपिका पादुकोणसँग फिल्म सनकी मा एकसाथ देखिने बताइएको छ । लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारले पनि यी दुईको जोडिलाई रिुचाएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको

श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

काठमाडौं – कैलालीमा मंगलबार श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्राद्धको खाना खाँदा अन्य १५ जना बिरामी भएका छन् । बिरामी भएका १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु

लोकप्रिय गायक प्रकाश सपुतले आज ३० औं जन्मदिन मनाउँदै

आज गायक प्रकाश सपुतको जन्मदिन परेको छ । गायक तथा निर्देशक/अभिनेता सपुतले आज आफ्नो ३०औँ जन्मदिन मनाउँदै छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् । गीत सङ्गीतको माध्यमबाट समाजमा यथावत् विभिन्न पाटोलाई उजागर गर्ने कोसिस गर्ने गायक सपुतले पछिल्लो समय म्युजिक भिडियो ‘बदला बरिलै’ निर्देशन गरे जसले उनलाई थप दर्शकको प्रेम दियो

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी सोल्टी होटलको आइसोलेसनमा छन्। आइतबार स्वाब दिएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन भर्ना भएका हुन् । तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट दक्षिण सुडान लगेका उनलाई कोरोना देखिएको हो ।

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् । उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि  कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो । उनको  कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।

लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन

नेपाली सिने नगरिका चर्चित अभिनेता नाजिर हुसैनको आज जन्मदिन हो । उनी आजकै दिन अर्थात भदौ २२ गते सिमरा, बारा मा जन्मिएका थिए । उनका बुवा जादुगर हुन । आफ्नो छुट्टिका बेला उनी बुवा संग हिड्ने गर्थे र बुवाको कार्यक्रम सुरु हुनुअघि नाच्ने गर्थे । नेपाली चलचित्रको फाटमा आशा गरिएको अभिनेता हुन् नाजिर हुसेन । उनी चलचित्रमा प्रवेश गर्नु भन्दा अगाडी एउटा रंगकर्मीको रुपमा चिनिएका थिए । उनले आफ्नो व्यबसायीक

वीर अस्पताललाई ‘कोभिड’ अस्पताल बनाइयो, वीरको सेवा ट्रमा सेन्टरबाट

काठमाडौं २१, भदौ । सरकारले वीर अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिनुभयो। कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ। उपत्यकामा कोरोना अस्पतालका रुपमा