रातोखरी

वडा दशैँको चौथो दिन आजपनी मान्यजनवाट टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै

काठमाडौँ । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

वर्दियामा वाघको आक्रमणमा परी दुईको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा  को छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । – रासस

सप्तरीमा एक किशोरीमाथि सामुहिक बलात्कार, अर्की किशोरीमाथि बलात्कारको प्रयास

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ। गएको शनिबार राति शौच गर्न गएको बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार भएको हो। घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुई किशोरी शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला घटना भएको हो।

वडा दशैंको दोस्रो दिन आज पनी टिका, जमरा र आशीर्वाद ग्रहण गरिदै

काठमाडौं । आज वडा दशैंको दोस्रो दिन पनी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ न्हिदु धर्मावलम्बीहरुले विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफुभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव

लोक सेवा आयोगको सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको लोकसेवा आयोगको सबै परिक्षा स्थगित भएको छ । आयोगले सोमबार एक सुचना निकालेर सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । सुचनामा परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीहरुमा समेत कोरोनाभाइरसबाट संक्रमित भई परिक्षासँग सम्बन्धित मूख्य शाखाहरु समेत बन्द गर्नुपर्ने भएकाले र कर्मचारी आइसोलेसमा रहेकाले तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका

विराटनगरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुष र सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्ध रहेका छन् । उनीहरु दुवैको कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका ५० वर्षीय पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेको

विराज भट्ट र ऋचा शर्मा चलचित्र छायांकनस्थल अध्ययन समिति सदस्यमा नियुक्त

काठमाडौं । सरकारले सुदूर पश्चिम प्रदेशको चलचित्र छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । चलचित्र विकास बोर्ड भदौ २२ गतेको बैठकले गठन गरेको थियो । केन्द्रीय सरकारको ‘प्रत्येक प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गर्ने’ कार्यक्रम कार्यान्वयन गर्न बोर्डले आफ्नो कार्यक्रममा वार्षिक कार्यक्रममा ‘उपयुक्त छायांकनस्थलहरुकोबारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न’  सातवटै प्रदेशमा समिति गठन गर्ने क्रममा सुदूर पश्चिम प्रदेशका लागि समिति बनाएको हो । बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक

लगातारको झरीले यी क्षेत्रमा बढ्यो बाढी तथा पहिरोको जोखिम

काठमाडौं ८, असोज । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने

रोहित चम्कदा मुम्बईको पहिलो जित

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक

विमानस्थलबाटै डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा, शिक्षण अस्पतालमा जान दिइएन

काठमाडौं ।  १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको छ । जुम्लामा ८ दिनसम्म अनशन बसेर काठमाडौँ आउन भन्दै उनी सोमबार नेपालगञ्ज आइपुगेका थिए । नेपालगञ्जबाट मंगलबार दिउँसो काठमाडौं ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टर लगेको हो । १९औं सत्याग्रहको मंगलबार उनको अनशनको नवौँ दिन पुगेको छ । जुम्लामा अप्रिय घटना नहोस् भन्दै काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी